नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशमा आएको परिवर्तन माओवादीकै कारण सम्भव रहेको सन्देश लिएर गाउँ जान नेतारकार्यकर्तालाई निर्देशन दिनुभएको छ ।
सिन्धुली जिल्ला पार्टी कार्यालयको उद्घाटन समारोहमा अध्यक्ष प्रचण्डले संविधान निर्माण, संघीयता, पछि पारिएका वर्गलाई अधिकार दिने लगायतका सबै परिर्वतन माओवादीका कारण मात्रै सम्भव भएको संदेश लिएर चुनावको लागि गाउँरसहरमा खटिन निर्देशन दिनुभयो । आफूहरुले प्रतिनिधिसभाको पहिलो विघटन असफल पारेपछि नेतारकार्यकर्ता आरामले बस्दा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले दोस्रोपटक पनि विघटन गरेर संविधान नै मास्न खोजेको प्रचण्डको दाबी छ ।
एमाले अध्यक्ष ओलीलाई नयाँ संविधान, संघीयता, दलित, जनजाती, मधेसी, मुस्लिम, महिला लगायतले अधिकार पाएको मन नपरेकोले ओलीलाई सत्तामा पुर्याएमा जतिबेला पनि परिवर्तनमाथि खतरा हुन सक्ने र देश बरबाद हुनसक्ने प्रचण्डले जिकिर गर्नुभयो । ओलीले जात र धर्मको राजनीति गर्न खोजेको आरोप लगाउँदै प्रचण्डले केहि अदृश्य शक्तिले ओलीमार्फत संविधान र गणतन्त्र उल्ट्याउने र देशलाई धार्मिक अतिवादमा लगेर विदेशीको अगाडि सुम्पिन चाहेका प्रचण्डको आरोप छ ।
स्थानीय तहको चुनावमा गठबन्धन नभए पनि आफ्नै बलबुतामा धेरै भन्दा धेरै ठाउँमा जित्ने तागत माओवादीसँग रहेको भन्दै प्रचण्डले चुनावलाई देश र नागरिकको लागि हुने लडाईको रुपमा लिएर अघि बढ्न निर्देशन दिनुभयो ।








































प्रतिकृया दिनुहोस्