जनता समाजवादी पार्टी, नेपाल (जसपा) को “आधारभूत संगठन निर्माण अभियान” अन्तर्गत आज चितवनको खैरहनी नगरपालिकामा विशेष भेला सम्पन्न भएको छ। स्थानीय चैनपुर बजारमा आयोजित भेलाको अध्यक्षता ईमान सिंह लामाले गर्नुभएको थियो।
भेलाले खैरहनी नगरपालिकाको १३ वटै वडाबाट प्रतिनिधित्व हुने ३५ सदस्यीय नगर समिति गठन गरेको छ। समितिको अध्यक्षमा ईमान सिंह लामा चयन हुनुभएको छ भने उपाध्यक्षमा सन्तोष आचार्य र सुमित्रा परियार निर्वाचित हुनुभएको छ। सचिवको जिम्मेवारी सिमसन परियारले पाउनुभएको छ भने सह-सचिवमा बुद्धि प्रसाद प्रधान र देबी परियार रहनुभएको छ। कोषाध्यक्षमा लक्ष्मी लामा चयन हुनुभएको छ।
भेलालाई जसपा नेपालको केन्द्रीय कार्यकारिणी सदस्य तथा चितवन जिल्ला पार्टी प्रमुख अभियन्ता तारा विश्वकर्मा, चितवन जिल्ला पार्टीका वरिष्ठ सदस्य तथा भरतपुर महानगर अध्यक्ष अनुज जोशी, जिल्ला कमाण्डर दिलीप मल्ल, र कालिका नगरपालिकाका अध्यक्ष सञ्जय पन्त लगायतका नेताहरूले शुभकामना दिनुभएको थियो।
यस भेलाले स्थानीयस्तरमा पार्टी संगठनलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ।








































प्रतिकृया दिनुहोस्