चितवनको भरतपुरस्थित युनाइटेड टेक्निकल कलेजले मंसिर १९ देखि २१ (डिसेम्बर ४–६) सम्म ३६ घण्टे “यू-टेक ह्याकाथन बीटा (β)” आयोजना गर्ने भएको छ। राष्ट्रिय स्तरको यस कार्यक्रमले नेपालभरका विद्यार्थी, प्रोग्रामर र प्रविधि पेशाकर्मीहरूलाई एकै मञ्चमा ल्याउने उद्देश्य राखेको छ।
ह्याकाथनका सहभागीहरूले डिजिटल स्वास्थ्य, स्मार्ट एप्लिकेसन, र अन्य नवीन क्षेत्रहरूमा आधारित परियोजनाहरूमा प्रतिस्पर्धा गर्नेछन्। उत्कृष्ट परियोजनाहरूले रु. ६०,००० नगद पुरस्कारका साथै कुपन, भौचर र मर्चेन्डाइज पुरस्कार जित्ने अवसर पाउनेछन्।
यस ह्याकाथनको आयोजना युनाइटेड टेक्निकल कलेजको विद्यार्थी संस्था “युनाइटेड टेक क्लब” ले गरेको हो। सहभागीहरूलाई ह्याकाथन अवधिभर भोजन र आवास सुविधा उपलब्ध गराइनेछ।
दर्ता र थप जानकारीका लागि “United Tech Club” को फेसबुक पेजमा जान सकिन्छ। यू-टेक ह्याकाथन बीटा (β) ले युवा प्रतिभालाई प्रविधिमा नयाँ विचारहरू प्रस्तुत गर्न र नवप्रवर्तनलाई प्रोत्साहन गर्न मञ्च प्रदान गर्ने लक्ष्य राखेको छ।








































प्रतिकृया दिनुहोस्