सहकारी संस्थाको बचत रकम अपचलनको मुद्दामा बयान लिनका निम्ति राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई मंगलबार काठमाडौंबाट चितवन ल्याइएको छ।
चितवन ल्याइएलगत्तै बयानका निम्ति लामिछानेलाई जिल्ला सरकारी वकिल कार्यालयमा लगिएको छ । चितवनमा सहारा सहकारीको रकम अपचलन गरेको आरोपमा बयानका निम्ति लामिछानेलाई त्यहाँ लगिएको हो ।
लामिछानेलाई चितवन पुर्याइदा सुरक्षाका निम्ति भरतपुर विमानस्थलमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको थियो । लामिछानेका समर्थक विमानस्थलबाहिर पुगेर नाराबाजी गरेपछि प्रहरीसँग उनीहरूको धकेलाधकेल समेत भएको थियो ।
सहकारीबाट ४२ करोड रुपैयाँ पाँच कम्पनीमा लगिएको प्रहरीले जनाएको छ । हिनामिना भएको रकममध्ये १० करोड ८० लाख रुपैयाँ गोर्खा मिडिया नेटवर्कमा गएको देखिएको प्रहरीले जनाएको छ ।
सहारा सहकारीको रकम अपचलनका विषयमा पीडितले पछिल्लोपटक मंसिर ५ गते रास्वपा सभापति लामिछानेसहित १० जनाविरुद्ध पूरक जाहेरी दिएका थिए । मंसिर ७ गते चितवनमा लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी गरिएको थियो ।








































प्रतिकृया दिनुहोस्