मुम्बइ । अल्लु अर्जुनको फिल्म ‘पुष्पाः द राइज’ को सिक्वेल ‘पुष्पा २ः द रुल’ ले बक्स अफिसमा राम्रो व्यापार गरिरहेको छ । ‘पुष्पा २ः द रुल’ लाई लिएर भारतमा मात्रै नभई विश्वभरका फ्यानमा क्रेज देखिएको छ ।
यही कारणले गर्दा अल्लु अर्जुन र रश्मिका मन्डन्नाको यो फिल्मले पाँच दिनमा ९०० करोडभन्दा बढी कमाइ गरिसकेको छ । अब ‘पुष्पा २ः द रुल’ ले आफ्नो छैटौं दिनमा अर्को नयाँ र ठूलो सफलता हासिल गरेको छ, जुन अहिलेसम्म कुनै पनि भारतीय चलचित्रले पाउन सकेको थिएन ।
मिडिया रिपोर्टका अनुसार ‘पुष्पा २ः द रुल’ ले छैटौं दिनमा १ हजार करोड रुपैयाँबाट मात्र टाढा छ । अल्लु अर्जुनको फिल्मले छैटौं दिन करिब ५५ करोड कमाएको छ । तर, यो फिल्मको अनुमानित तथ्यांक मात्रै हो । जसमा परिवर्तनको सम्भावना छ । अहिलेसम्म हेर्ने हो भने ‘पुष्पा २ः द रुल’ ले अहिलेसम्म ९७७ करोड कमाइ सकेको छ ।
‘पुष्पा २ः द रुल’ ले रिलिजको पहिलो दिनदेखि नै तरङ्ग बनाउन थाल्यो र दोस्रो दिन देखि नै चलचित्रले बक्स अफिसमा हरेक दिन नयाँ कीर्तिमान बनाउन सुरू गरयो । भारतमा ‘पुष्पा २ः द रुल’ ले पहिलो दिन ७० देखि ८० करोड रुपैयाँ कलेक्सन गरेको थियो भने दोस्रो दिनदेखि लगातार बढ्दै गएको थियो ।








































प्रतिकृया दिनुहोस्