जनता समाजवादी पार्टी (जसपा) नेपालले चितवन जिल्लाको माडी नगर समितिको भेला वसन्तपुर बजारमा भव्य रूपमा सम्पन्न गरेको छ। पार्टी केन्द्रीय कार्यकारिणी समितिले अघि सारेको “जनता संग जसपा नेपाल: आधारभूत संगठन निर्माण अभियान” अन्तर्गत आयोजित यस भेलाको अध्यक्षता आशिष मियाले गरेका थिए।
भेलामा पार्टी केन्द्रीय कार्यकारिणी समिति सदस्य तथा जिल्ला प्रमुख अभियान्ता तारा बिस्वकर्मा, जिल्ला संयोजक अनुज जोशी, जिल्ला सचिवालय सदस्य तथा Volunteers Force का केन्द्रीय सदस्य रामकृष्ण पन्त, विद्यार्थी नेता प्रसिद्ध तिवारीलगायत नेताहरूको विशेष उपस्थिति रहेको थियो।
कार्यक्रमले आशिष मियाको अध्यक्षतामा १७ सदस्यीय माडी नगर समिति गठन गरेको छ। समितिमा उपाध्यक्ष जिवन महतो र स्यामलाल दर्जी, सचिव राहुर मिया, सह-सचिव विजय सुनार र शंकर पन्डित, कोषाध्यक्ष मिलन महतो, सह-कोषाध्यक्ष गायत्री कुमारी मलाह रहेका छन्। यस्तै सचिवालय सदस्यहरूमा आशा नेश, कुश शाहा, जोखु सहनी, गणेश श्रेष्ठ, रोजिना भुजेल र ज्ञासुद्दिन मिया रहेका छन्। नगर समितिको इन्चार्जको जिम्मेवारी भने थमान सिंह सनारलाई दिइएको छ। बाँकी सदस्यहरू अर्को बैठकबाट पूर्ति गर्ने निर्णय गरिएको छ।
चितवन जिल्लाका सात वटै पालिकामा सम्पन्न पार्टी भेला, विद्यार्थी, युवा, Volunteers Force, दलित मोर्चा लगायतका भेलाहरू तथा जिल्ला अधिवेशन आयोजक समितिको गठनसँगै माडी नगरमा पनि संगठन निर्माण प्रक्रिया सफलतापूर्वक सम्पन्न भएको हो।
यस भेलाले माडी नगरमा जसपा नेपालको संगठनलाई थप मजबुत बनाउँदै पार्टीको अभियानलाई सशक्त रूपमा अघि बढाउने अपेक्षा गरिएको छ।








































प्रतिकृया दिनुहोस्