इनरह्विल क्लब अफ नारायणीले आफ्नो वार्षिक कार्यतालिकाअन्तर्गत आज बृहत रक्तदान कार्यक्रम सम्पन्न गरेको छ। “रक्तदान, जीवनदान” नाराका साथ आयोजित यस कार्यक्रम जस्मिन पेन्ट्स, चितवनको सहकार्यमा सम्पन्न भएको हो।
कार्यक्रममा क्लबकी अध्यक्ष संगीता अर्यालको अध्यक्षता रहेको थियो भने मनकामना ग्रुप अफ कम्पनीका अध्यक्ष तथा जस्मिन पेन्ट्स लिमिटेडका प्रबन्ध निर्देशक लक्ष्मण अर्याल प्रमुख अतिथिको रूपमा उपस्थित थिए। कार्यक्रममा क्लबका पूर्व अध्यक्षहरु कल्पना थपलिया, अन्जना श्रेष्ठ, र उपाध्यक्ष अन्जु शर्मा लगायतका सदस्यहरुको पनि सक्रिय सहभागिता रहेको थियो।
कार्यक्रमका संयोजक संगीता अर्यालका अनुसार यस रक्तदान कार्यक्रममा ४० जना रक्तदाताहरुले आफ्नो अमूल्य रगत प्रदान गरेका छन्। जस्मिन पेन्ट्सका पदाधिकारीहरुको उपस्थिति र सहकार्यमा सम्पन्न कार्यक्रमले समाजसेवामा क्लबको योगदानलाई थप प्रेरणादायी बनाएको छ।
क्लबकी कोषाध्यक्ष सविता श्रेष्ठले रक्तदाताहरुप्रति आभार प्रकट गर्दै आगामी दिनमा पनि यस्ता कार्यक्रम निरन्तर आयोजना गरिने जानकारी दिइन्। कार्यक्रमले स्वास्थ्य सेवामा योगदान पुर्याउने उद्देश्यका साथ समाजलाई सकारात्मक सन्देश दिन सफल भएको आयोजकले जनाएको छ।








































प्रतिकृया दिनुहोस्