२३ पुष २०८१, मंगलवार १२:१४
एजेन्सी । मंगलबार(आज) बिहान चीनको तिब्बत प्रान्तको दिङ्गे काउन्टीमा केन्द्रबिन्दु भएर ७ रेक्टर स्केलको भूकम्प जाँदा ३६ जनाको मृत्यु भएको छ।
अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार यो समाचार तयार पार्दा मृत्यु हुनेको सङ्ख्या ३६ पुगेको र थप विवरण आउने क्रममा रहेको जनाएको छ ।
केन्द्रबिन्दु भएको दिङ्गे काउन्टीमा धेरै घरहरू ढलेको समाचारमा उल्लेख छ । भूकम्पमा परेर ३८ जना घाईते भएको प्रारम्भिक विवरण सार्वजनिक भएको छ ।
सिगात्छेमा करिव एक हजार घरमा क्षति पुगेको प्रारम्भिक विवरण छ । तिब्बतको भूकम्प मापन ब्यूरोले संख्या प्रमाणीकरण गरिरहेकाले हताहत हुनेको संख्या बढन सक्ने जनाएको छ ।








































प्रतिकृया दिनुहोस्