१० माघ २०८१, बिहीबार ११:२८
अनेरास्ववियु क्रान्तिकारीको केन्द्रीय लेखा आयोगको उपाध्यक्षमा चितवनबाट विनोद सुवेदीको उम्मेदवारी परेको छ ।
विरेन्द्र क्याम्पसको अध्यक्ष रहेका सुवेदीले माघ १२ गते हुने २३ औ राष्ट्रिय सम्मेलनमा आयोगको उपाध्यक्षमा उम्मेदवारी दिएका हुन । सुवेदी उपाध्यक्ष हुदै २०७९ फागुन १८ देखि निरन्तर चितवनको विरेन्द्र बहुमुखी क्याम्पसको अध्यक्ष छन ।
पारदर्शिता, इमान्दारिता, र न्यायपूर्ण लेखा व्यवस्थापनमार्फत अखिल (क्रान्तिकारी) लाई सुदृढ बनाउने, भ्रष्टाचार र अनियमितताका विरूद्ध दृढ कदम चाल्दै संगठनको आर्थिक आधारलाई सबल बनाउन अग्रसर रहने सुवेदीले प्रतिबद्धता व्यक्त गरेका छन ।
३२ वर्षे उमेरहद लागु भएसँगै अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलन यहि माघ १२ गते हुदैछ ।








































प्रतिकृया दिनुहोस्