१० माघ २०८१, बिहीबार १२:५०
रुपन्देही जिल्ला अदालतमा आज राष्ट्रिय स्वतन्त्र पार्टी (रा.स्व.पा.)का सभापति रवि लामिछानेको थुनछेक बहस शुरु भएको छ ।
बुटवलको सुप्रिम सहकारी अपचलनको मुद्दा आज अदालतमा थुनछेक बहस भैरहेको हो । शुुरुमा सरकारी वकिलको तर्फ बाट बहस हुनेछ भने त्यस पछि लामिछानेको पक्षका कानून व्यवसायीहरूले बहस गर्नेछन् ।
बुधवार अदालतले जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा राख्न नपर्ने आदेश दिएको थियो । लामिछानेलाई अदालतमा उपस्थित हुने गरी कानून व्यवसायी र परिवारको जिम्मा लगाइको हो ।
बुटवलको सुप्रिम सहकारी अपचलनको मुद्दा रवि सहित २२ जना विरुद्ध मुद्दा परेको छ । लामिछाने विरुद्ध २ करोड व्यक्तिगत बिगो तोकिएको छ । सामूहिक तर्फ १० करोड ९९ लाख रुपैयाँको छुट्टै बिगो माग गरिएको छ ।








































प्रतिकृया दिनुहोस्