काठमाडौँ, माघ १७ – नयाँ शक्ति विद्यार्थी युनियनको दोस्रो राष्ट्रिय महाधिवेशन यही माघ १६ र १७ गते त्रिभुवन विश्वविद्यालय, कीर्तिपुरमा सम्पन्न भएको छ। महाधिवेशनले बल बहादुर रम्तेललाई अध्यक्षमा निर्वाचित गरेको छ।
अन्य निर्वाचित पदाधिकारीहरूमा वरिष्ठ उपाध्यक्ष ओम महतो, उपाध्यक्षहरू भरत ढकाल र मिना राई, महासचिव अनिल कुमार पटेल र आस्था नेपाली रहेका छन्। महाधिवेशनले विभिन्न पदमा अन्य सदस्यहरू समेत चयन गरेको छ।
निर्वाचन सम्पन्न गराउन निर्वाचन मण्डलका अध्यक्ष अ. नारायण देवकोटा, अ. माधव पोख्रेल, अ. कृष्ण अधिकारी र अमित खनालको महत्वपूर्ण भूमिका रहेको थियो।
कार्यक्रममा पार्टी नेता सृजना सुवेदी, युवा नेता तुफान विक्रम क्षेत्री, रेखी गुरूङ लगायतका नेताहरूको विशेष उपस्थिति रहेको थियो। सातै प्रदेशबाट प्रतिनिधिहरूको सहभागिता रहेको महाधिवेशनलाई लोकतान्त्रिक प्रक्रियामा अघि बढाउन अध्यक्षका प्रत्याशी साधुराम नेपाली, महासचिवका प्रत्याशीहरू कुम्भराज पाण्डे र संगम पोख्रेलले महत्वपूर्ण भूमिका खेलेका थिए।
नवनिर्वाचित नेतृत्वलाई सफल कार्यकालको शुभकामना दिँदै, सम्पूर्ण सहयोगी, प्रतिनिधि तथा सहभागीहरूप्रति आभार व्यक्त गरिएको छ।








































प्रतिकृया दिनुहोस्