नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेसँग आत्तिएका विरोधीहरूले आफूलाई सरकारबाट हटाएको आरोप लगाउनुभएको छ ।
नेकपा एमाले खोटाङले शनिबार दिक्तेलको माटिकोरे खेलमैदानमा आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले राष्ट्रिय आत्मनिर्भरता विकास गरेर देखाएकाले एमालेलाई सत्ताच्यूत गरिएको बताउनुभयो ।
वृद्धवृद्धालाई भत्ता, आफ्नो गाउँ आफै बनाऔंदेखि विकासको नयाँ लहर ल्याएको देखेर एमालेले सँधै सरकार चलाउने र आफु सत्तामा पुग्न नपाउने त्रासले आत्तिएका विरोधीले जालझेल र षडयन्त्र गरेर परमादेशमार्फत एमालेलाई प्रतिपक्षको ठाउँमा पुर्याएको अध्यक्ष ओलीको भनाइ थियो ।
उपाध्यक्ष रामबहादुर थापा बादललाई लिएर खोटाङ पुगेका अध्यक्ष ओलीले टुटफुटले एमालेलाई कुनै असर नपुगेको दाबी गर्नुभयो । उहाँले केही नेताले पार्टी छाडे पनि अहिले एमाले कमजोर नभै थप सुदृढ भएको बताउनुभयो ।
ओलीले देशलाई समृद्ध र जनतालाई सुखी बनाउनका लागि आगामी ३० बैशाखको स्थानीय तहको निर्वाचनमा एमालेलाई दुईतिहाइ बढी स्थानमा जिताउनका लागि आग्रह गर्नुभयो ।
दिक्तेलको जनसभालाई सम्बोधन गर्नुअगाडि अध्यक्ष ओलीले पत्नी राधिका शाक्यसँग हलेसी दर्शन गर्नुभएको थियो ।








































प्रतिकृया दिनुहोस्