चितवनको साहारा सहकारीको बचत रकम अपचलन गरेको आरोप लागेका राष्ट्रिय स्वतन्त्र पार्टी (रा.स्व.पा.)का सभापति एवं पूर्व गसहमन्त्री रवि लामिछानेको मुद्दामा बयान शुरु भएको छ ।
लामिछानेमाथि लागेको मुद्दाको बयानका लागि जिल्ला न्यायाधीश दयाराम ढकालको इजलासमा पेशी तोकिएको छ ।लामिछाने आजै अदालतमा बयानका लागि उपस्थित भएका थिए ।
लामिछानेविरुद्ध मंगलबार चितवनमा ठगीसम्बन्धी कसुरमा मुद्दा दायर भएको थियो । कास्की, काठमाडौं र रुपन्देही जिल्ला अदालतमा उनीविरुद्ध संगठित अपराधको कसुरमा पनि मुद्दा दायर भएको थियो । उनीमाथिको बयान सकिएपछि थुनछेक बहस हुनेछ । त्यसपछि अदालतले साधारण तारेख वा धरौटीमा रिहा गर्ने वा पुर्पक्षका लागि कारागार चलानमध्ये एक आदेश दिनेछ ।
साहारा चितवन बहुउद्येश्यीय सहकारीबाट गोर्खा मिडियामा आएको साढे ३ करोडका साथै अन्य सहकारी तथा विभिन्न माध्यमबाट गोर्खा मिडियामा आएको रकममध्ये ४८ करोड रुपैयाँभन्दा बढी रविको एकल हस्ताक्षरबाट खर्च भएको उनीमाथिको अभियोग पत्रमा उल्लेख छ । यो रकम खर्च गर्न रविले ८१४ वटा चेक काटेको विवरण छ ।
साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्थाको ठगी भएको भनिएको जम्मा रकम रू ५२ करोड ३२ लाख ८५ हजार ३०८ दशमलव ४७ रहेको छ ।
हाल जाहेरी परेको रकम रू ३८ करोड नौ लाख ७९ हजार एक सय ७७ क्षतिपूर्ति भराउन मागदाबी गरिएको छ । ५२ करोडमध्ये अहिले अभियोगमा देखिएको र बाँकी थप १४ करोड २३ लाख छ हजार एक सय ३१ दशमलव ४७ रुपैयाँ जाहेरी परेका बखत पुनः पूरक अभियोग जाहेर हुनेगरी मागदावी गरिएको छ ।








































प्रतिकृया दिनुहोस्