चितवन। नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) चितवनको नवनिर्वाचित पदाधिकारीलाई पद हस्तान्तरण गरीएको छ। शुक्रबार भरतपुर महानगरपालीका २० चनौलीमा एक कार्यक्रम गरी पुराना समितिले नयाँ समितिलाई पद हस्तान्तरण गरीएको हो ।
निर्वतमान अध्यक्ष रमेश राना, सचिव उर्गेन तामाङ र कोषाध्यक्ष सुनिल कुमार श्रेष्ठले फोनिको बैक खाता, कार्यालयको चाबी, लगायतको सरसमान सहित अध्यक्ष तुलमान गुरुङ, सचिव आशिक राना र कोषाध्यक्ष उमेश श्रेष्ठलाई पदहस्तान्तरण गरेको हो ।
पद हस्तान्तरण कार्यक्रमका प्रमुख अतिथि पत्रकार महासंघ चितवनको पुर्व अध्यक्ष तथा फोनिज चितवनको सल्लाहाकार महेन्द्र श्रेष्ठले तुलमानको नेतृत्वमा आएको नयाँ समितिले फोनिजको आफनै भवनका लागी जग्गाको खोजी गर्नेमा विश्वास ब्यक्त गर्नु भयो । जग्गाको खोजी गरी भवन निमार्णको लागी प्रदेश सरकार संग माग गर्न सुझाब दिनु भयो ।
यस्तै आफुले पनि कान्तिपुर लगायतका विभिन्न मिडियामा पत्रकारीता गरेको बताउदै पहिलेको तुलनामा अहिले पत्रकारीता गर्न सहज भएको बताउनु भयो । साथै पत्रकारीता पेशा गरेर जिवन निर्वाह गर्न गाहो हुने भएकाले पत्रकारीता पेशाबाट पलायन हुनुपर्ने अवस्था आउने गरको बताउनु भयो ।
नयाँ समितिले आदिवासी जनजातिहरुको विषय उठान गर्नेमा जोड दिनु भयो । कार्यक्रमा विशिष्ठ अतिथि फोनिजका केन्द्रीय सदस्य चित्र (सोल्टी) गुरुङले पछिल्लो समय आदिवासी जनजातिबाट पत्रकारीता पेशामा लागेका पत्रकारहरु पेशबाट पलायन हुने अवस्था बढेको भन्दै यसलाई रोक्नुपर्नेमा जोड दिनु भयो ।
साथै जनजाति पत्रकारहरुको हकहितको लागी आफनो तर्फबाट सक्दो पहल हुने बताउनु भयो ।
यस्तै आदीवासी जनजाति युवासंघ चितवनका अध्यक्ष सागर कुमालले आदीवासी जनजाति पत्रकारहरुको हक अधिकारको लागी उनिहरुको वृतिविकासका लागी आफनो तर्फबाट गर्नुपर्ने सहयोग सदैब रहने बताउनु भयो ।
कार्यक्रमा निवर्तमान अध्यक्ष रमेश रानामगरले आफनो ३ बर्षे कार्यकालमा फोनिजका लागी सक्दो राम्रो काम गर्ने कोशीस गरेको बताउनु भयो । साथै आफनो कार्यकालमा साथ दिने पदाधिकारी र अन्य सहयोगीलाई धन्यवाद ब्यक्त गर्दै आगामी दिनमा फोनिजलाई साथ र सहयोग गर्ने प्रतिबद्धता जनाउनु भएको छ ।
कार्यक्रमा पद ग्रहण गर्दै नवनिर्वाचित अध्यक्ष तुलमान गुरुङले विगतमा चितवनमा पत्रकारीता गर्दा ब्रामण क्षेत्री बाहेक जनजाति पत्रकार भेटाउन मुस्किल हुने गरेकोमा अहिले त्यो अवस्था नभएको बताउनु भयो।
अहिले ब्रामण क्षेत्री गैरजनजातिको कार्यक्रमा जनजाति गएको होकी जनजातिकोमा गैर जनजाति आएको हो छुटाउन गाहो हुने भन्दै अहिले फोनिज चितवनमा ११० जना जनजाति पत्रकार आवद्ध रहेको जानकारी दिनु भयो ।
यस्तै आफनो कार्यकालमा रकम सहितको पुरस्कार स्थापना गर्ने र तालिम प्रर्दान गर्ने लक्ष्य रहेको बताउनु भयो । तिनबर्षे कार्यकाल सफल पार्न आफनो टिमको साथ र सहयोग पाउनेमा विश्वास ब्यक्त गर्नु भयो ।








































प्रतिकृया दिनुहोस्