२७ माघ २०८१, आईतवार ०७:३६
चितवनमा बस दुर्घटनामा परेको छ । नेपालगन्जबाट काठमाडौं जाँदै गरेको लु।प्र।०३–००१ ख ००७७ नम्बरको बस आइतबार बिहान ४ः३० बजे नारायणगढ–मुग्लिन सडकखण्डको सेतीदोभान पुलबाट खसेको हो ।
बसमा सवार २८ जनामध्ये २४ जना घाइते भएको इलाका प्रहरी कार्यालय मुग्लिनकी प्रमुख प्रहरी निरीक्षक निरला भण्डारीले जानकारी दिनुभयो । उहाँका अनुसार घाइतेको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ ।
अन्य यात्रु सकुशल छन । टायर पन्चर हुँदा बस अनियन्त्रित भएर दुर्घटनामा परेको भण्डारीले जानकारी दिनुभयो ।








































प्रतिकृया दिनुहोस्