२० चैत्र २०७८, आईतवार ०८:१७
भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा आज स्वदेश फर्किंदै हुनुहुन्छ ।
काठमाण्डौ फर्किनुअघि उहाँ आज उत्तर प्रदेशको बनारस जाने तालिका छ । त्यहाँ उहाँलाई उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले स्वागत गर्नु हुनेछ ।
प्रधानमन्त्री देउवा बनारसबाट चार बजे नयाँदिल्ली आइपुग्ने र सवा चार बजे काठमाण्डौ आउने तालिका छ ।
तीन दिने औपचारिक भ्रमणका लागि गएको शुक्रबार भारत पुगेका प्रधानमन्त्री देउवाले हिजो समकक्षी नरेन्द्र मोदीसँग भेटवार्ता गर्नु भएको थियो ।
भेटको क्रममा देउवाले सीमा समस्या समाधानका लागि मोदीलाई अनुरोध गर्नु भएको थियो । यस विषयमा भारतीय विदेश मन्त्रालयले समेत सकारात्मक प्रतिक्रिया दिएको छ ।








































प्रतिकृया दिनुहोस्