२० चैत्र २०७८, आईतवार ०८:२१
चैत २०,
पेट्रोलियम व्यवसायीहरुको आन्दोलन स्थगित भएको छ । नेपाल आयल निगम र आन्दोलनरत राष्ट्रिय पेट्रोलियम व्यवसाय संस्थागत समन्वय समितिबीच सहमति भएसँगै व्यवसायीहरुले आन्दोलन स्थगित गरेका हुन् ।
निगमको केन्द्रीय कार्यालय टेकुमा हिजो बेलुकी भएको छलफलमा दुवै पक्षबीच सहमति जुटेको हो । सहमतिसँगै आन्दोलनरत नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएशन, नेपाल एलपी ग्यास उद्योग सङ्घ र नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासङ्घले सार्वजनिक गरेका सबै विरोधका कार्यक्रमहरू स्थगित गरेका छन् ।
पेट्रोलियम पदार्थका उपभोक्ताहरूलाई सहज र सरल ढङ्गले पेट्रोलियम पदार्थ उपलब्ध गराउन निगमका सम्पूर्ण डिपो कार्यालयहरू आज बिहान ८ बजेदेखि नै सञ्चालन गरिने निगमले जनाएको छ ।








































प्रतिकृया दिनुहोस्