२९ माघ २०८१, मंगलवार १२:२०
नेपाली बजारमा सुनको मूल्यमा आज प्रतितोला छ सयले बढेको छ ।
सुनको मूल्य बढ्दा चाँदीको मूल्य भने घटेको छ । नेपाली बजारमा सोमबार छापावाल सुन प्रतितोला एक लाख ६९ हजार छ सय रुपैयाँमा कारोबार भएकोमा आज मंगलबार प्रतितोला एक लाख ७० हजार दुई सय निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
चाँदीको मूल्य भने प्रतितोला ३० रुपेयाँ घटेको छ । आज चाँदीको मूल्य प्रतितोला एक हजार नौ सय ४५ निर्धारण गरिएको छ।








































प्रतिकृया दिनुहोस्