२० चैत्र २०७८, आईतवार २०:५९
चैत्र २०, चितवन
सत्तारूढ दलहरूबीच चुनाबी गठबन्धन भए पनि नेपाली कांग्रेस चितवनले भरतपुर महानगरपालिकामा आफ्नो दलले मेयर पद पाउनु पर्ने अडान राखेको छ ।आइतबार बसेको जिल्ला कार्य समितिको बैठकले भरतपुरमा मेयर नपाए एकल रूपमै चुनावमा जाने घोषणा गरेको छ ।
ुनेपाली कांग्रेस चितवनको आज बसेको जिल्ला कार्य समिति बैठकले माहानगरको हकमा भने माहानगर प्रमुख नेपाली काङ्ग्रेसको उम्मेदवार रहने गरि तालमेल गर्न सकिने अन्यथा एकल निर्वाचनमा जाने निर्णय गरेको छु नेपाली काङ्ग्रेस चितवनका सभापति राजेश्वर खनालले भने ।
भरतपुरको मेयर पदमा सत्तारूढ गठबन्धनको अर्को घटक नेकपा माओवादी केन्द्रले पनि दाबी गर्दै आएको छ ।








































प्रतिकृया दिनुहोस्