रौतहट ८ फागुन/ चन्द्रपुर नगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष सहदेव केसी सम्मानित हुनुभएको छ । चन्द्रपुर एकेडेमीको दोस्रो अभिभावक दिवसको अवसरमा विद्यालयले उहाँलाई सम्मानित गरेको हो।
उहाँलाई विद्यालयको तर्फबाट विद्यालयका अध्यक्ष वसन्तकुमार आचार्य तथा सो कार्यक्रमका प्रमुख अतिथि मधेश प्रदेश सरकारका पूर्व मन्त्री एवं मधेस प्रदेश सभा सदस्य युवराज भट्टराई समिर ले सम्मानित गर्नुभएको थियो।
विक्रम सम्वत २०७९ को स्थानीय तहको निर्वाचनमा वडा अध्यक्षमा निर्वाचित भइसकेपछि वडाको सामाजिक , शैक्षिक भौतिक तथा मानवीय विकासको लागि योगदान गरेको भन्दै विद्यालयले सम्मान गरेको अध्यक्ष आचार्यले बताउनुभयो ।
सम्मानित व्यक्तित्व केसीले नागरिक स्तरबाट पाइने यस्ता सम्मानहरूले अझ राम्रो काम गर्न प्रेरित गरिरहने प्रतिक्रिया दिनुहुँदै आफूले चन्द्रपुर नगरपालिका र विशेष गरी वडा नम्बर ६ को समग्र विकासका लागि सकेको योगदान गर्न कहिले पछाडि नहट्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
उहाँले चन्द्रपुर नगरपालिकामा शिक्षाको विकासको लागि सामुदायिक तथा संस्थागत विद्यालयहरू योजनावद्ध ढंगले लाग्नुपर्नेमा जोड दिँदै यसका लागि वडा नम्बर ६ र व्यक्तिगत आफ्नो तर्फबाट सकेको सहयोग गर्ने जनाउनुभयो।








































प्रतिकृया दिनुहोस्