चितवनको मैयादेवी कन्या क्याम्पसमा समाजवादी विद्यार्थी युनियन नेपालको अधिवेशन सम्पन्न भएको छ। आसन्न स्ववियु निर्वाचनलाई लक्षित गरी आयोजित कार्यक्रममा विद्यार्थीहरूका उल्लेखनीय उपस्थिति रहेको थियो। अधिवेशनले सोनिया सुवर्णकारको अध्यक्षतामा १५ सदस्यीय समिति चयन गरेको छ। उपाध्यक्षमा संचिता पाण्डे र सोनिया पुन मगर, सचिवमा स्वेता गुरुङ, सह-सचिवमा अञ्जली तामाङ, कोषाध्यक्षमा ज्योति पौडेल चयन भएका छन् भने समितिमा सुनिता श्रेष्ठ, मनिषा अधिकारी, रिक्ष्या तिवारी लगायत विभिन्न सदस्यहरू रहेका छन्।
कार्यक्रम विद्यार्थी नेता विपिन चन्द्र रेग्मीको सञ्चालनमा सम्पन्न भएको थियो। प्रमुख अतिथि जसपा नेपालका केन्द्रीय कार्यकारिणी समिति सदस्य तथा चितवन जिल्ला प्रमुख अभियन्ता तारा विश्वकर्मा थिए भने अतिथिहरूमा पार्टी जिल्ला संयोजक एवं केन्द्रीय भोलेन्टियर्सका सदस्य अनुज जोशी, पार्टी जिल्ला सचिवालय सदस्य तथा भोलेन्टियर्स फोर्स केन्द्रीय सदस्य रामकृष्ण पन्त, विद्यार्थी युनियनका जिल्ला अध्यक्ष अनरुध चौधरी, जिल्ला भोलेन्टियर्स फोर्सका कमान्डर दिलीप मल्ल, विद्यार्थी नेता सुमन श्रेष्ठ लगायतको उपस्थिति थियो।
कार्यक्रममा वक्ताहरूले नवनिर्वाचित समितिलाई बधाई दिँदै विद्यार्थी हकहित र स्ववियु निर्वाचनको महत्त्वबारे चर्चा गरेका थिए। अधिवेशनले समाजवादी विद्यार्थी युनियन नेपाललाई अझ सक्रिय बनाउने प्रतिबद्धता व्यक्त गर्दै लोकतान्त्रिक विद्यार्थी आन्दोलनलाई सशक्त बनाउने प्रतिबद्धता व्यक्त गरेको छ। स्ववियु निर्वाचन नजिकिँदै गर्दा विद्यार्थी राजनीति तातेको देखिन्छ, जसले आगामी दिनमा चितवनका क्याम्पसहरूमा थप चहलपहल ल्याउने अपेक्षा गरिएको छ।








































प्रतिकृया दिनुहोस्