राष्ट्रिय सभाको बैठक नयाँ बानेश्वर स्थित संघीय संसद भवनमा दिउँसो सवा १२ बजे बस्दैछ ।
बैठकका लागि ८ वटा कार्यसूची तय गरिएको छ । बैठकमा राष्ट्रिय सभा अन्तर्गत गठित विषयगत समितिमा रहने सदस्यहरू हेरफेरको सूचि प्रस्तुत हुनेछ ।
‘प्रतिनिधि सभाबाट सन्देश सहित प्राप्त बैङ्किङ्ग कसुर तथा सजाय दोस्रो संशोधन विधेयक, २०८० माथि विचार गरियोस्’ भन्ने प्रस्ताव र ‘विधायन व्यवस्थापन समितिको प्रतिवेदन सहित नेपाल कानून व्यवसायी परिषद् दोस्रो संशोधन विधेयक, २०८१ माथि छलफल गरियोस्’ भन्ने प्रस्ताव बैठकमा प्रस्तुत हुनेछ ।
‘नेपाल कानून व्यवसायी परिषद् दोस्रो संशोधन विधेयक, २०८१ लाई पारित गरियोस्’ भन्ने प्रस्ताव, भ्रष्टाचार निवारण पहिलो संशोधन विधेयक, २०७६ का सम्बन्धमा प्रतिनिधि सभाबाट भएको संशोधनमाथि छलफल गरियोस्’ भन्ने प्रस्ताव र भ्रष्टाचार निवारण पहिलो संशोधन विधेयक, २०७६ का सम्बन्धमा प्रतिनिधि सभाबाट भएको संशोधनलाई सहमति गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत हुनेछ ।
आजै सुरक्षित कारोबार पहिलो संशोधन विधेयक, २०८० का सम्बन्धमा प्रतिनिधि सभाबाट भएको संशोधनमाथि छलफल गरियोस्’ र सुरक्षित कारोबार पहिलो संशोधन विधेयक, २०८० का सम्बन्धमा प्रतिनिधि सभाबाट भएको संशोधनलाई सहमति गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूचि छ ।
त्यस्तै ‘विद्युतीय व्यापार विधेयक, २०८० का सम्बन्धमा प्रतिनिधि सभाबाट भएको संशोधनमाथि छलफल गरियोस्’ भन्ने प्रस्ताव र ‘विद्युतीय व्यापार विधेयक, २०८० का सम्बन्धमा प्रतिनिधि सभाबाट भएको संशोधनलाई सहमति गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।
साथै ‘विधायन सम्बन्धी विधेयक, २०८० का सम्बन्धमा प्रतिनिधि सभाबाट भएको संशोधनमाथि छलफल गरियोस्’ भन्ने प्रस्ताव ‘ विधायन सम्बन्धी विधेयक, २०८० का सम्बन्धमा प्रतिनिधि सभाबाट भएको संशोधनलाई सहमति गरियोस्’ भन्ने प्रस्तावपनि प्रस्तुत हुनेछ ।








































प्रतिकृया दिनुहोस्