१८ फाल्गुन २०८१, आईतवार १०:४९
नेकपा एमालेको सचिवालय बैठक आज आइतबार बस्दैछ ।
पार्टी कार्यालय च्यासलमा दिउँसो २ बजे हुने बैठकमा सरकारले ल्याएको अध्यादेशबारे छलफल हुनेछ ।
सत्तारुढ दलकै असहयोगका कारण एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकारले ल्याएका अध्यादेश पारित गर्न सकस परेको छ ।
पुस अन्तिम साता बसेको मन्त्रिपरिषद बैठकले भूमिसम्बन्धी सहित विभिन्न ६ वटा अध्यादेश ल्याएको थियो । ती अध्यादेश संसदमा दर्ता भएपनि राष्ट्रियसभामा सत्तापक्षको बहुमत नहुँदा दुवै सदनमा निर्णयार्थ पेस हुन सकेको छैन ।
बैठकमा सरकारका काम, पार्टी गतिविधि लगायतमा समेत छलफल हुने बताइएको छ ।








































प्रतिकृया दिनुहोस्