२८ फाल्गुन २०८१, बुधबार ११:५३
युगाण्डामा जारी महिला अन्तराष्ट्रिय महिला क्रिकेट श्रृंखलामा आज नेपाल र नामिबिया भिड्नेछन् ।
खेल नेपाली समय अनुसार दिउसो पौने एक बजे शुुरु हुनेछ । पहिलो खेलमा नामिबियासँग हारेको नेपाल आजको खेल जित्दै बदला लिने प्रयासमा छ । नामिबिया पनि आज नेपाललाई हराउँदै फाइनलमा स्थान बनाउने सुरमा रहेको छ ।
नेपालका लागि शीर्ष दुईमा रहँदै फाइनल खेल्ने सम्भावना कायमै राख्न आज जित आवश्यक छ । चार देश सहभागी श्रृंखलामा नेपालको यो चौथो खेल हो । यसअघिका तीन खेलमा नेपालले एक जित र दुई हार बेहोरेको छ ।
पहिलो चरणमा युगाण्डालाई हराएको नेपालले नामिबिया र हङकङसँगको खेल गुमाएको छ । श्रृंखलामा सहभागी चार वटै टोलीले एक आपसमा दुई दुई खेल खेलेपछि शीर्ष दुई स्थानमा टोलीले फाइनलमा प्रतिस्पर्धा गर्नेछन् ।








































प्रतिकृया दिनुहोस्