पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट पोखराका पत्रकार र व्यावसायी टोली लिएर काठमाडौँतर्फ उडेको चीनको सिचुवान एयरलाइन्सको जहाज । अङ्ग्रेजी नयाँ वर्ष २०२५ का अवसर पारेर पोखरा महानगर, चिनियाँ दूतावास र ड्रागन बोट एशोसिएसनको आयोजनामा भोलि शुक्रबारदेखि सुरु हुने दोस्रो अन्तर्राष्ट्रिय ‘ड्रागन बोट रेस’मा सहभागी हुन चार्टर उडानबाट चिनियाँ टोली आज पोखरा आइपुगेका हुन् । तस्बिरः राधिका कँडेल/रासस
नेपाल–चीन कूटनीतिक सम्बन्ध स्थापना ७० वर्ष पुगेको अवसरमा चीनको छेन्दुबाट पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आजदेखि नियमित व्यावसायिक चार्टर उडान शुुरु हुने भएको छ ।
सिचुआन प्रान्तको सहयोगमा सिचुआन एयरलाइन्सले आजदेखि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो पटक नियमित व्यावसायिक चार्टर उडान गर्ने भएको हो ।
यस उडानले नेपाल र चीनबीचको हवाई सम्पर्कलाई अझ प्रभावकारी बनाउँदै पर्यटन प्रवद्र्धन, सांस्कृतिक आदान–प्रदान र व्यावसायिक सहकार्यलाई नयाँ उचाइमा पुर्याउने अपेक्षा गरिएको छ ।
छेन्दुबाट पोखरामा आउने सिचुवान एयरलाइन्स मार्फत मंगलबार हुने व्यावसायिक चार्टर उडान मार्फत १ सय २६ सदस्यीय नेपाली प्रतिनिधिमण्डल ‘पोखरा–छेन्दु फ्लाइट प्रमोसन एण्ड चाइना सिचुआन सेल्स मिसन २०२५’का लागि जाने भएको हो ।
नेपाली प्रतिनिधिमण्डलको टोलीले छेन्दु, लुझाउ, लेसान लगायतका चिनियाँ शहरमा हुने विभिन्न सरकारी तथा निजी क्षेत्रका प्रतिनिधिमण्डलसँग व्यावसायिक बैठकमा सहभागिता जनाउने छ ।








































प्रतिकृया दिनुहोस्