राष्ट्रिय सभाको बैठक संघीय संसद भवन, नयाँ बानेश्वरमा आज दिउँसो सवा एक बजे बस्दैछ ।
संघीय संसद सचिवालयका अनुसारका आजको बैठकमा उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय र बन तथा बातावरण मन्त्रालयसँग सबन्धित मन्त्रीले जवाफ दिनेछन भने राष्ट्रपति कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी पत्रको ब्योहोरा जानकारी गराइनेछ ।
राष्ट्रिय सभाको सचिव डा. सुरेन्द्र अर्यालले ‘सु शाषन प्रर्वद्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१ र सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१’ को सबन्धमा प्रतिनिधिसभाबाट प्राप्त सन्देश टेबुल गर्नेछन् ।
उपप्रधान तथा अर्थ मन्त्री विष्णुप्रसाद पौडेलले ‘बिधायन ब्यवस्थापन समितिको प्रतिबेदन सहित प्रतिनिधि सभाबाट सन्देश सहित प्राप्त बैंकिंग कसुर तथा सजाय दोस्रो संशोधन विधेयक माथी छलफल गरियोस’ भन्ने प्रस्ताव र प्रतिानिधि सभाबाट सन्देश सहित प्राप्त बैंकिङ कसुर तथा सजाय दोस्रो संशोधन विधेयक,लाई पारित गरियोस; भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।








































प्रतिकृया दिनुहोस्