५ चैत्र २०८१, बुधबार १३:०३
प्रतिनिधि सभा बैठकमा नेपालमा यौन व्यवसायलाई कानूनी मान्यता दिनुपर्छ भनेर धारणा राख्नुभएका नेपाली काग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले माफी मागेका छन् ।
बुधवारको प्रतिनिधि सभा बैठकमा बोल्दै घिमिरेले माफी मागेका हुन् । आईतवार बसेको प्रतिनिधि सभाको बैठकमा विशेष समयमा बोल्दै प्रमुख सचेतक घिमिरेले नेपालमा यौन व्यवसायलाई कानूनी मान्यता दिनुपर्ने बताएका थिए।
मनोरञ्जन क्षेत्रलाई पनि प्राथमिकता दिनसके अर्थतन्त्रमा पनि सहयोग पुग्ने उनको दाबी थियो ।
त्यसपछि घिमिरेको सबैतिर चर्काे आलोचना भएको थियो । माफी माग्ने क्रममा घिमिरेले उक्त धारणा पार्टी र संसदीय दलको नभई आफ्नो व्यक्तिगत धारणा भएको समेत बताए ।
आफ्नो विचारले सदनका सदस्यहरु र आम नागरिकमा समेत नकात्मक प्रभाव परेको भन्दै उनले क्षमायाचना गरेका हुन् ।








































प्रतिकृया दिनुहोस्