१२ चैत्र २०८१, बुधबार १२:०१
नेपाली बजारमा बुधबार आज सुनको मूल्य वृद्धि भएको छ ।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार मंगलबारको तुलनामा छापावाल सुनको मूल्य तोलामा २०० रुपैयाँले बढेको हो ।
मंगलबार छापावाल सुनको मूल्य तोलामा १ लाख ७३ हजार ३०० रुपैयाँ कायम भएको थियो भने आज छापावाल सुन तोलामा १ लाख ७३ हजार ५०० रुपैयाँ कायम भएको छ ।
यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । मंगलबार तोलामा १ हजार ८८० रुपैयाँ कायम भएको चाँदी बुधबार बढेर तोलामा १ हजार ९९० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।








































प्रतिकृया दिनुहोस्