२२ चैत्र २०७८, मंगलवार २१:१४
आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि चितवनमा गठबन्धनमा रहेका दलहरुको महानगर स्तरीय सयन्त्रको बैठक आज नारायणगढमा सम्पन्न भएको छ ।
नेपाली काङ्ग्रेस भरतपुर महानगर सभापति चित्रसेन अधिकारीको सभापतित्वमा बसेको बैठकले महानगरमा चुनावी तालमेल गरेर जाने निर्णय गरेको छ ।
नेपाली काङ्ग्रेस सभापति चित्रसेन अधिकारी , नेकपा माआवादी केन्द्रका अध्यक्ष ईश्वर सापकोटा सुमन , नेकपा एसका अध्यक्ष सुर्य प्रसाद शर्मा, जसपाका अध्यक्ष अनुज जोशी र राष्ट्रिय जनमोर्चाबाट भक्तिराम गौतम बैठकमा लगायतको सयुक्त बैठकले गठबन्धनका दलहरुको बिच गठबन्धनका मर्म र भावना अनुरुप एक आपसमा हार्दिकताको बिकास गर्दै सयुक्त रुपमा स्थानीय तहको निर्वाचनमा सहभागी हुने निर्णय भएको जसपाका अध्यक्ष अनुज जोशीले जानकारी दिनुभयो ।








































प्रतिकृया दिनुहोस्