चितवनमा टाइफाइड खोप अभियान संचालन हुने भएको छ । चैत २५ देखि वैशाख ४ गतेसम्म यो अभियान चलाइने भएको हो ।टाइफाइडरोगविरुद्ध यो खोप १५ महिनादेखि १५ बर्ष उमेर समूहलाई लगाइने स्वास्थ्य कार्यालय चितवनका निमित्त प्रमुख रामकुमार केसीले जानकारी दिनुभयो । केसीका अनुसार चितवनमा ९५ प्रतिशत बढी लक्ष्य हासिल गर्नेगरी १ लाख ९६ हजार ११ जनालाई खोप लगाउने उहाँको भनाई छ । खोप लगाउने संख्या विद्यालयबाट मगाइएको र अभियानमा लक्षित वर्गलाई नछुटाउने गरी तयारी भइरहेको उहाँको भनाई छ ।
१ लाख ५९ हजार २४६ जना विद्यालयबाट र ३६ हजार ५६६ जना विद्यालयबाहिरबाट तथ्याङ्क लिएको र सोही अनुसार खोप लगाइने उहाँको भनाई छ ।कार्यालयमा आज पत्रकारहरुसँग अन्तरक्रिया गरी दिएको जानकारी अनुसार जिल्लाका विभिन्न स्थानमा रहेका निजी र सरकारी विद्यालयमा गरी ५४० वटा खोप केन्द्र रहेको र ९४४ जना स्वास्थ्यकर्मी खोप लगाउन खटाइनेछ । १ हजार ३९४ जना स्वयंसेवक परिचालन गरिनेछ । २०० जना विद्यार्थी पुगेको विद्यालयमा खोप केन्द्र राखिएको र चाप अनुसार ९४४ खोप सेसन कायम गरिएको छ ।








































प्रतिकृया दिनुहोस्