संघीय संसद् अन्तर्गत राष्ट्रिय सभाको बैठक पनि आज बस्दै छ ।
नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई सरकारले हटाएको विषयलाई लिएर विपक्षीले लगातार बैठक अवरुद्ध गर्दै आइरहेका छन । बैठकमा सरकारले अघि सारेका प्रतिस्थापन विधयेकमा छलफलको कार्यसुचि छ ।
सरकारले पाँच अध्यादेशमार्फत ल्याएका कानुन सोमबारदेखि निष्क्रिय हुने जोखिम बढेको छरु। राष्ट्रिय सभामा विपक्षी दलहरूले विभिन्न माग राखी अवरोध गरेकाले अध्यादेश प्रतिस्थापन विधेयक पारित हुन नसक्दा ती कानुन संकटमा परेका हुनु ।
अध्यादेश प्रतिस्थापन विधेयक आज राति १२ बजेभित्र राष्ट्रपतिबाट प्रमाणीकरण गरिसक्नुपर्ने बाध्यता छ । संविधानमा अध्यादेश जारी भएपछिको संघीय संसद्को अधिवेशन सुरु भएको ६० दिनभित्र प्रतिस्थापन विधेयक पारित भइसक्नुपर्ने व्यवस्था छरु।
गत माघ १८ देखि संसद्को हिउँदे अधिवेशन सुरु भएको थियो । चैत १८ सोमबारसम्म विधेयक पारित भई राष्ट्रपतिबाट प्रमाणीकरण नभए ती कानुन स्वतः निष्क्रिय हुनेछन ।
सुशासन प्रवद्र्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व पहिलो संशोधन विधेयक, निजीकरण पहिलो संशोधन विधेयक र आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक प्रतिनिधिसभाबाट पारित भएर राष्ट्रिय सभामा पुगेका छन् ।
राष्ट्रिय सभामा संशोधनसहित दफावार छलफल गरी निर्णयार्थ प्रस्तुत गर्ने चरण बाँकी छन्रु।अध्यादेश प्रतिस्थापन विधेयक संवैधानिक व्यवस्थाअनुसार सोमबार राति १२ बजेभित्र राष्ट्रपतिबाट प्रमाणीकरण भइसक्नुपर्ने अवस्था छ ।








































प्रतिकृया दिनुहोस्