१७ चैत्र २०८१, सोमबार १०:५८
सत्तारुढ दल नेकपा एमालेले आज देशभर सचेतना जागरण सभा गर्दैछ । यसअघि नै पार्टीले निर्धारण गरेको कार्यक्रमअनुसार जागरणसभा गर्दैछ ।
एमालेले ११ चैतदेखि ३० चैतसम्म सबै प्रदेश र जिल्लामा प्रतिगामी गतिविधिविरूद्ध जनपरिचालन, जनसचेतना कार्यक्रम गरिरहेको छ । पूर्वराजाका समर्थकहरूले अवाञ्छित गतिविधि बढाएपछि एमालेले जागरणसभा गर्ने निर्णय गरेको हो ।
सोही अनुसार आज ७७ वटै जिल्लामा जिल्लास्तरीय जागरणसभा हुन लागेका हुन ।
सोही कार्यक्रमअन्तर्गत आज काठमाडौं, धनगढी, सुर्खेत, बुटवल, पोखरा, वीरगञ्ज र दमकमा मोटरसाइकल र्याली समेत हुनेछ । एमालेको हाल वडा केन्द्रित ‘जरा अभियान’ पनि चलिरहेको छ ।








































प्रतिकृया दिनुहोस्