यूगिन खबरका समाचारदाता रुपेश कुस्वारका अनुसार आज मिति २०८१/१२/२० गते रौतहटको चन्द्रपुर नगरपालिकामा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल प्रथम जिल्ला अधिवेशन सभा अध्यक्ष सरिता धिमालको अध्यक्षतामा कार्यक्रम सम्पन्न गरियो।
यस कार्यक्रममा प्रमुख अथिति लोक तथा दोहोरी प्रतिष्ठानका केन्द्रीय सदस्य कृष्ण गौतम र विशिष्ट अतिथिमा वरिष्ठ कलाकार धुृव कोइराला, विशिष्ट अतिथिमा चन्द्रपुर नगरपालिकाका उद्योग वाणिज्य सङ्घका अध्यक्ष उदय नारायण सापकोटा तथा रुद्रसेन विश्वकर्मा ,रमेश खत्री पौडेल र दीपक बस्यालको उपस्थिति रहेको थियो।
यस कार्यक्रममा ११ जनाको कमिटी गठन गरियो।
नामावली
अध्यक्ष- आशिष कुस्वार
उपाध्यक्ष- कमल श्रेष्ठ
उपाध्यक्ष- सीतादेवी धिमाल
सचिव- भुवल बहादुर वाइबा
कोषाध्यक्ष- अनिशा कुमारी विश्वकर्मा
सहसचिव- मेनुका बस्नेत
सदस्य- स्मारिका कुस्वार
सदस्य- बसन्त पौडेल
सदस्य- रवि परियार
सदस्य- किसन यादव
सदस्य- राजेश निमार्क पासवान
यस कमिटी द्वारा हाम्रो मौलिक हक अधिकार हाम्रो लोक सांस्कृतिकलाई जगरणा गर्ने उद्देश्यले कमिटी गठन गरियो र बधाई तथा कार्यकालको शुभकामना आदानप्रदान गरियो।








































प्रतिकृया दिनुहोस्