४ बैशाख २०८२, बिहीबार ०९:४४
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल आज रुपन्देहीमा हुने विभिन्न कार्यक्रममा सहभागी हुँदैछन् ।
माओवादी केन्द्रले सञ्चालन गरिररहेको जनतासँग माओवादी तराई–मधेश हुलाकी मार्ग अभियानअन्तर्गत दाहाल सहित माओवादी केन्द्रका नेताहरू बुधबार साँझ रुपन्देही पुगेका हुन ।
उनी आज विहान भैरहवाको मिलनचोकदेखि बुद्धचोकसम्म जनसंवादमा सहभागी भएका छन् ।
आजै युवा, विद्यार्थी र वाइसिएललाई प्रशिक्षण, बुद्धिजीवी, व्यवसायी र नागरिक समाजसँग अन्तरक्रिया तथा शहीद परिवारसँग भेटघाट र सामूहिक भोजन लगायतका कार्यक्रम राखिएका छन ।
दिउसो मर्चवारको मझगावामा आमसभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । आजै उनी कपिलवस्तु पुग्नेछन ।








































प्रतिकृया दिनुहोस्