जनता समाजवादी पार्टी, नेपाल बागमती प्रदेशले बैशाख ४ गतेका दिन एक ध्यानाकर्षण पत्र मार्फत प्रथम ऐतिहासिक मकवानपुर जिल्ला अधिवेशनबाट सर्वसहमत निर्वाचित भएका अध्यक्ष उत्तम गोम्जाको नेतृत्वमा रहेको ४१ सदस्यीय कार्यसमिति नै आधिकारिक भएको जानकारी गराएको छ ।
गएको चैत्र १६ गतेका दिन सम्पन्न भएको प्रथम ऐतिहासिक जिल्ला अधिवेशनबाट चुनिएका अध्यक्ष गोम्जाको नेतृत्वमा रहेको कार्यसमिति नै आधिकारिक भएको एक ध्यानाकर्षण पत्र मार्फत जनता समाजवादी पार्टी बागमती प्रदेश समितिले उल्लेख गरेको छ ।
पार्टीको विधान विपरित अराजक गतिविधिमा गरेको हुँदा नि-वर्तमान अध्यक्ष सोम ब. घलानलाई २०८१ पौष २७ गतेको जिल्ला बैठकले साधारण सदस्य पनि नरहने गरेको कारवाही ताम्सालिङ राष्ट्रिय समितिलाई सिफारिस गरियको थियो ।
सो संग सम्बन्धित विधानको धारा-५६ को नियम र धारा-१२८ (६) अनुसार राष्ट्रिय समितिले गरेको कारवाहीको जानकारीलाई बागमति प्रदेश समितिले विधानको धारा ५१. (१) अनुसार कारवाही प्रक्रिया गरियको विज्ञप्ति मार्फत उल्लेख गरेको छ ।
जसपा, नेपाल बागमति प्रदेश समितिले गंभिर ध्यानाकर्षण गरेको छ । पार्टीको साधारण सदस्य नरहने गरि कारवाहीमा परेका व्यक्ति सोम ब. घलानले मिति २०८१ चैत ३१ गते प्रकाशित प्रेस विज्ञप्तिमा पार्टी को विधान विपरित लेटर प्याड, छाप, लोगो, आदिको दुरुपयोग गरेको देखिएको हुँदा निज सम्वन्धित व्यक्तिलाई आज देखि यस प्रकारको पार्टी विधान विपरित अराजक गतिविधि, गैर जिम्मेवारी कार्य तुरुन्त बन्द गर्ने सचेत गराएको छ ।
अन्यथा पुन यसप्रकारको गतिविधि गर्ने गरिएमा नेपाल सरकारको कानुन बमोजिम कारवाही प्रक्रिया अगाडि बडाइने यसै पत्र मार्फत सम्बन्धित व्यक्ति सोम ब. घलानलाई जानकारी गराको छ ।
निवर्तमान अध्यक्ष सोमबहादुर घलानलाई यसअघि नै जसपा नेपाल मकवानपुरले साधारण सदस्य पनि नरहने गरी कारबाहीमा परी पार्टीबाट निष्कासन गरिसकेको समेत बताए ।








































प्रतिकृया दिनुहोस्