बैठक अवरोध गर्दै प्रतिपक्षी
काठमाडौँ, १३ जेठः नयाँ बानेश्वरस्थित सङ्घीय संसद भवनमा मङ्गलबार बसेको प्रतिनिधिसभा बैठक सञ्चालन गर्नपर्व प्रतिपक्षी सांसदले अवरोध गर्नुहुँदै। तस्बिरः गोपाल दाहाल÷रासस
२६ जेष्ठ २०८२, आईतवार २०:४६
प्रतिनिधिसभाको आजको बैठक भोलि दिउँसो २ बजेसम्मका लागि स्थगित भएको छ । दुई पटक सारेर पनि ढिला गरी शुरू भएको बैठक कार्यसूचीमा प्रवेश नगरी स्थगित भएको हो ।
दिउँसो १ बजेका लागि बोलाइएको बैठक संसद् सचिवालयले सूचना टाँसेर दिउँसो सवा ३ बजेका लागि सारेको थियो । यस्तै सचिवालयले फेरि सूचना टाँसेर बेलुका साढे ५ बजेका लागि सारेको बैठक साढे ६ बजेदेखि शुरू भएकोमा विपक्षी दलहरूले अवरोध गरेपछि सभामुख देवराज घिमिरेले भोलि दिउँसो २ बजेसम्मका लागि स्थगित गर्नुभएको हो ।
भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै विपक्षी दलहरूले संसद् अवरोध गर्दै आइरहेका छन् ।








































प्रतिकृया दिनुहोस्