३२ जेष्ठ २०८२, शनिबार १३:१४
चितवन जिल्ला क्रिकेट संघका अध्यक्ष सुदिप पियाको निधन भएको छ । उहाँ आज बिहान आफ्नै घरमा मृत अवस्थामा भेटिनुभएको हो । बिहान सात बजे उठेर बाथरुम जानुभएका पिया आठ बजे सुत्ने कोठाको भुईमा मृत अवस्थामा भेटिनुभएको थियो । चितवन जिल्ला क्रिकेट संघका सचिव सुरज ज्ञवालीका अनुसार पियालाई सुगरको समस्या थियो। आमा र भाई भारतमा रहेको र आउने क्रममा रहनुभएकाले पियाको अन्त्येष्टि भोलि गर्ने तयारी गरिएको छ।
२०८० सालको साउन २३ गते चितवनमा भएको अधिवेशनबाट चितवन क्रिकेट संघको अध्यक्षमा निर्वाचित हुनुभएको थियो। यसअघि सदस्य, उपाध्यक्ष र कार्यवाहक अध्यक्षको भूमिकामा पनि कार्यरत रहनुभएका पिया नेपालको क्रिकेटको विकासमा सक्रिय हुनुहुन्थ्यो । उहाँका श्रीमती, छोराछोरी, भाई र आमा हुनुहुन्छ ।








































प्रतिकृया दिनुहोस्