१४ श्रावण २०८२, मंगलवार १०:४४
तराई-मधेशका दलको संघीय लोकतान्त्रिक मोर्चाले सुक्खाग्रस्त क्षेत्रको समस्या समाधानका लागि दीर्घकालीन उपाय खोज्नु पर्ने बताएको छ ।तत्काललाई तराई-मधेशमा खानेपानीको समुचित व्यवस्था र सिँचाइका लागि बोरिङको व्यवस्था गर्न माग गर्दै मोर्चाले दीर्घकालीन उपाय खोज्नु पर्ने बताएको हो।
सोमबार जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवको अध्यक्षमा बसेको बैठकले सुक्खाग्रस्त, संकटग्रस्त क्षेत्रका किसानलाई कृषि ऋणमा छुटको व्यवस्था गर्न पनि सरकारसँग माग गरेको छ।
यसका साथै संकटग्रसत क्षेत्रक किसानका लागि सहुलियत वा अनुदानमा मलखाद, सिँचाइ, बिउ, किटनासक औषधि उपलब्ध गराउन माग गरेको छ।








































प्रतिकृया दिनुहोस्