२० श्रावण २०८२, सोमबार १०:३६
सरकारले वैदेशिक रोजगार ऐन २०६४ संशोधन गर्ने तयारी अन्तिम चरणमा पुर्याएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले ८७ दफा रहेको ऐनका २३ दफा संशोधन तयारी गरेको हो ।
मन्त्रालयले वैदेशिक रोजगार विभागमा थुप्रिएका हजारौं मुद्दा चाप घटाउने उद्देश्य सहित व्यक्तिगत ठगीका उजुरी अनुसन्धान प्रहरी र अभियोजन जिल्ला अदालत मार्फत गर्ने प्रस्ताव अघि बढाएको हो ।
वैदेशिक रोजगार व्यवस्थापन महाशाखाका सहसचिव जीवलाल भुसालको संयोजकत्वमा गठित समिति मार्फत ऐन संशोधन मस्यौदा तयार पारिएको छ ।
८७ दफा रहेको ऐनका करिब २३ दफा परिमार्जन गर्ने गरी तयार पारिएको मस्यौदामाथि अहिले मन्त्रालय सरोकारवालासँग छलफल क्रममा छ । ऐनको प्रस्तावनादेखि नै संशोधन अघि बढाइएको हो ।








































प्रतिकृया दिनुहोस्