१ भाद्र २०८२, आईतवार ०७:२९
चितवनको मुग्लिन-नारायणगढ सडक खण्ड दुई तर्फी अवरूद्व भएको छ । आज बिहान ४:०० बजेतिर मुग्लिन नारायणगढ सडक खण्डको तुईन पुल नजिकै माथिबाट ढुंगा सहितको पहिरो जाँदा आवागमन दुईतर्फि नै अवरुद्ध भएको हो ।
पहिरो हटाउनको लागि सडक डिभिजनबाट मेशिन उपकरण सम्बन्धित स्थानमा पुगिसकेको छ । अबको करिब २-३ घण्टा भित्र पहिरो हटाई सवारी आवागमन दुवैतर्फ सुचारू हुने सडक डिभिजन चितवनले जनाएको छ ।
वर्षायामको समयमा यस क्षेत्रमा पहिरोको जोखिम उच्च हुने हुनाले बुझेर, हेरेर मात्रै सुरक्षित यात्रा गर्नुहुन सबैमा अनुरोध सडक डिभिजनले गरेको छ । भने वैकल्पिक सडक समेत प्रयोग गर्न अपिल गरेको छ ।
सडक वन्द हुदां मुग्लिन र नारायणगढ तर्फ धेरै सवारी लामवद्व छन् ।








































प्रतिकृया दिनुहोस्