प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले संसद केवल असहमति व्यक्त गर्ने स्थल मात्रै नभई राष्ट्रिय सहमतिको आवाज प्रकट गर्ने थलो पनि भएको बताएका छन्।
प्रतिनिधि सभाको शुक्रवारको बैठक शुरु हुनासाथ बोल्दै उनले यस्तो बताएका हुन्। उनले भिजिट भिसा प्रकरण दुरुपयोग प्रकरणको विषयलाई लिएर संसद अवरोध गर्दै आएका दलहरू र सरकारबीच सहमतिका लागि आवश्यक छलफल र संवाद नभएको भन्दै चिन्ता व्यक्त गरे।
उनले लामो समयसम्म संसदमा असहमति राख्ने र बाहिरिने प्रवृत्ति लोकतान्त्रिक अभ्यासका लागि दीर्घकालीन रूपमा हानिकारक हुने चेतावनी समेत दिए। उनले सरकार र प्रतिपक्षी दलहरूबीच सहमति जुटाउन सम्भाव्य सबै प्रयास गर्दा पनि सहमति जुट्न नसकेको बताए।
भिजिट भिसा प्रकरण दुरुपयोग प्रकरणको निष्पक्ष छानबिन र गृहमन्त्रीको राजीनामा माग गर्दै प्रतिपक्षी दलहरू राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले सभाको बैठक बहिष्कार गर्दै आएका छन्।








































प्रतिकृया दिनुहोस्