राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकतर्फ आवेदन दिएका आकांक्षी उम्मेदवार छनोट प्रक्रिया अघि बढाउने भएको छ । छनोट रूपरेखा अन्तगर्त ब्लू प्रिन्ट संवाद र शून्य समय बिहीबार र शुक्रबार गर्ने भएको छ।
गोगंबुस्थित एक पार्टी प्यालेसमा बिहीबार २०१ जनाले आफ्नो प्रस्तुति दिने छन्। प्रस्तुतिका लागिएक जनालाई १० मिनेट ब्लू प्रिन्टको समय छुट्याइएको छ भने शून्य समय अन्तर्गत एक मिनेटमा कुनै एक विषयमा धारणा राख्नुपर्ने भनिएको छ।
समावेशी क्लस्टर अनुसार दलित, आदिवासी, खसआर्य, मधेसी, थारू र मुस्लिम लागि फरक फरक ६ कक्ष छुट्याएको छ। प्रत्येकका क्लस्टरका लागि तीन जना केन्द्रीय नेताले सहजीकरण गर्ने भएका छन्।
समावेशी अनुसार छुट्याइएको समूहमा एक जना केन्द्रीय नेता सोही क्लस्टरको पनि हुने गरी सहजीकरण टिम बनाइएको छ।
समानुपातिकका लागि ४२० जनाले आवेदन दिएको पार्टीले जनाएको छ। सबैभन्दा बढी आवेदन खस आर्य क्लस्टरमा परेको छ। त्यसपछि जनजाति र मधेशीको परेको छ।
भौतिक रूपमा उपस्थित हुन नसक्नेहरूका लागि भर्चुअल माध्यमबाट छनोट प्रक्रिया अघि बढाइने भएको छ ।








































प्रतिकृया दिनुहोस्