नेपाल रग्वी संघ तथा चितवन रग्वि संघको आयोजनामा यु २० महिला तथा पुरुष रग्वि खेल भरतपुर ७ कृण्णपुर को खेल मैदानमा आज सम्पन्न भएको छ। जसमा देश भरिका महिला तथा पुरुष गरि १० टिमले भाग लिएको जानकारी चितवन रग्वी संघका अध्यक्ष सुमन पौडेलले जानकारी दिनु भयो ।
खेल निकै प्रतिस्पधात्मक भएको जसमा पुरुषतर्फ गोर्खाली रंग्वी क्लव ९ काठमान्डौ० ले मकावनपुर रग्वी संघलाई पछि पार्दै पहिलो स्थान हासिल गर्यो महिला तर्फ वडिमालिका रग्वी क्लव ९ धनगडी०ले हिमालयन टाईगर्स रग्वी क्लव काठमान्डौलाई हराउदै प्रथम स्थान हासिल गर्न सफल भयो ।
वेस्ट प्लेयर पुरुष तर्फ रोशन डंगोल गोखाली रग्वी क्लव का खेलाडि तथा महिला तर्फ अपना पौडेल वडिमालिका रग्वि संघ घोषित हुनु भएको थियो । फेयर प्ले टिम पुरुष तर्फ हिमालयन टाईगर्स रग्वी क्लव र महिला तर्फ चितवन वरियर्स भएका छन ।
खेलको प्रमुख आथित्व प्रदेश खेलकुद विकास समिति वागमती का सदस्य सचिव सुयलाल भन्डारीले गर्नु भएको थियो । भरतपुर वडा न ७ का वडा अध्यक्ष राजेन्द्रमणि काफ्ले , नेपाल रग्वी संघका कार्यवाहक अध्यक्ष दिपक देवकोटा, महासचिव चेतनराज गिरी, सचिव गोविन्द घिमिरे ले खेलाडिहरुलाई ट्रफी, मेडल तथा मयाको चिनो प्रदान गर्नु भएको थियो ।
विदेशी रेफ्रीले क्लेमेल आईज्याक साथै नेपाली रेफ्रीले खेल खेलाउनु भएको थियो । खेलाडिहरुले यस्ता प्रतिस्पधाले हौसला तथा खेल प्रतिको रुचि बढने धारणा राखेका थिए।








































प्रतिकृया दिनुहोस्