चितवनमा नेकपा माओवादी केन्द्रमा प्रवेश गर्नेहरूको लहर चलेको छ । आज भरतपुरको कृष्णपुर पार्टी कार्यलयमा पार्टीका जिल्ला समन्वय समितिका अध्यक्ष रामचन्द्र अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा ३०० जनाभन्दा बढि पाटी प्रवेश गरेका हुन ।
मोहन वैध नेतृत्वमा रहेको क्रान्तिकारी माओवादीको भातृ सङगठन अखिल क्रान्तिकारीका केन्द्रीय सचिवालय सदस्य दीपक पोख्रेल र केन्द्रीय सदस्य कृष्ण सुनारको नेतृत्वमा सो सङख्यामा चितवन जिल्ला कमिटि नै पार्टी प्रवेश गरेका हुन ।
पार्टी प्रवेश कार्यक्रममा पार्टीका जिल्ला समन्वय समितिका सचिव द्रोण बाबू सिवाकोटी, भरतपुर महानगर अध्यक्ष ईशवर सापकोटा सुमन , महानगर सहसचिव प्रकाश कडेल , अखिलका वाग्मती प्रदेश अध्यक्ष सुरज सिह ठकुरी पार्टीका महानगर सदस्य एवं वाईसीएल महानगरका ईन्चार्ज दिवाकर राज श्रेष्ठ लगाएतका नेताहरूको उपस्थिति रहेको थियो । कार्यक्रम अखिलका केन्द्रीय सदस्य एवं जिल्ला संयोजक अविनाश रम्तेलले सहजिकरण गर्नुभएको थियो ।








































प्रतिकृया दिनुहोस्