७ बैशाख २०७९, बुधबार ०९:२२
नेपाल विद्यार्थी संघ जिल्ला कार्यसमितिले आफ्नो २३ औं स्थापना दिवसको अवसर पारेर वृद्ध वृद्ध तथा अनाथ , असहायहरुको लागि मिष्ठान्न भोजन गराएको छ ।
भरतपुर ९,मा रहेको चितवन मानवसेवा आश्रममा सो कार्यक्रम गरिएको ने.बि.स का एक जिल्ला सदस्यल वताए । सो संस्थामा रहेका ५० वृद्ध वृद्ध तथा अनाथ , असहायहरु लाई मिष्ठान्न भोजन गराइएको उनले वताए ।
कार्यक्रमका प्रमुख अतिथि नेपाली काँग्रेसका जिल्ला सचिव ध्रुव पोख्रेल रहनु भएको थियो । कार्यक्रममा क्षेत्र नं ३ का सदस्य सुरज पाठक , ने. वि.सं उपाध्यक्ष रोशन बस्नेत, भरतपुर वडा नं ७ का सभापति विनोद ढकाल लगायत ने.वि.सं सदस्य हरू को उपस्थि रहेको थियो।
ने. वि.सं का जिल्ला सचिव गणेश रिजालले संचालन गर्नु भएको कार्यक्रम संघका कार्यवाहक सभापति राजन दाहालको अधयक्षतामा सम्पन्न भएको हो।








































प्रतिकृया दिनुहोस्