जनता समाजवादी पार्टी (जसपा)को रत्ननगर नगर समितिले पाँच दलीय गठबन्धनबाट बाहिरिएको घोषणा गरेको छ। शुक्रबार विज्ञप्ति जारी गर्दै कांग्रेस, माओवादी र एकीकृत समाजवादीमा देखिएको अहंकारिताका कारण गठबन्धनबाट बाहिरिन बाध्य भएको नगर इञ्चार्ज जनार्दन दुवाडीले जानकारी दिए। पद बाँडफाँडमा जसपालाई वास्ता नगरी आफूखुसी ढंगबाट बाँडफाँड गरेको भन्दै नगरपालिकाको विभिन्न पदमा जसपाका उमेदवारले दिएको उमेदवारी भने यथावत कायम रहेको उनले बताए।
नेपाली कांग्रेस रत्ननगरका सभापति प्रल्हाद सापकोटाको अध्यक्षतामा दस पटकसम्म बैठक बस्दा पनि जसपालाई सम्बोधन हुने गरी काम नगरेपछि बाध्य भएर गठबन्धनबाटै बाहिरिने निर्णायक मोडमा पुगेको सह–इञ्चार्ज सरस्वती वर्देवाले जानकारी दिइन्। जसपाले आफ्नो पार्टीलाई सम्मानजनक व्यवहार नगरेको भन्दै भरतपुर महानगरपालिकामा यसअघि नै बाहिरिसकेको जनाएको छ।








































प्रतिकृया दिनुहोस्