नेपाली कांग्रेसले चितवनका पाँच जना कार्यकर्तालाई कारबाही गरेको छ । पार्टीको निर्णय विपरित चुनावमा लागेको भन्दै पूर्व पार्टीको केन्द्रीय कार्यालयले सांसद भिमबहादुर श्रेष्ठ लगायतका कार्यकर्तालाई कारबाही गरेको हो । कारबाहीमा पर्नेमा नेपाल तरुण दल चितवनका पुर्व अध्यक्ष शम्भु आर्याल, पूर्व सचिव आनन्द राउत, पार्टीका क्षेत्रीय प्रतिनिधि सुर्य बस्नेत र डा.केशव पौडेल रहनुभएको छ । उनीहरु सबै भरतपुर महानगरपालिका बासी हुन् ।
भरतपुर महानगरपालिकामा स्वतन्त्र उम्मेदवार दिनुभएका जगन्नाथ पौडेलको पक्षमा खुलेर लाग्नुभएको थियो । पार्टीको विधान विपरित कारबाही गरेको पत्र जिल्ला कार्यालयमा आएको जिल्ला सभापति राजेश्वर खनालले जानकारी दिए । नेपाली कांग्रेसले भोलि हुन लागेको स्थानीय तहको निर्वाचनमा पाँच दलिय गठबन्धनका उम्मेदवार विरुद्ध सक्रिय भएर लागेको भन्दै कारबाही गरेको जनाएको छ । भरतपुर महानगरपालिकामा नेपाली कांग्रेसले प्रमुख पदमा प्रचण्ड पुत्री रेनु दाहाललाई उठाएको छ ।
तर, त्यसको विरुद्धमा नेपाली कांग्रेसका असन्तुष्ट पक्षले जगन्नाथ पौडेललाई उठाएको थियो । यसअघि पौडेल सहित पूर्व जिल्ला सभापति कृष्णलाल सापकोटा र महाधिवेशन प्रतिनिधि मिना खरेललाई कांग्रेसले कारबाही गरिसकेको छ ।








































प्रतिकृया दिनुहोस्