४ जेष्ठ २०७९, बुधबार २१:०४
भरतपुर महानगरपालिका वडा नं.७ को वडाध्यक्षमा गठबन्धनका तर्फाबाट नेकपा ९एकीकृत समाजवादी० राजेन्द्रमणि काफ्ले निर्वाचित भएका छन्। उनले नेकपा एमालेका सनत कुमार लामिछानेलाई पराजित गरेका हुन्।
यो सगै भरतपुरको अहिले सम्म ७ वार्डको मतगणना सकिएको छ । अहिले सम्म नेपाली कांग्रेसले वडा न. १ ,२ ४, ५ र ६ गरेर ५ वटा वार्ड जितेको छ भने एमालेले वडा न। ३ जितेको छ ।यस्तै समाजवादीले पहिलो वार्ड जितेको हो ।यति बेला वार्ड नम्वर ८ को पनि मत गणना चलिरेको छ भने वार्ड ९ को मतगणना सुरु गर्न लागिएको छ ।मेयरमा भने रेनु दाहालले विजय सुवेदीलाई फराकिलो मतान्तरले पछि परेकी छिन् ।








































प्रतिकृया दिनुहोस्