स्थानिय तहको निर्वाचनमा देशभर चर्चामा रहेको भरतपुर महानगरमा सत्ता गठवन्धन विजयी भएको छ । गठबन्धनको साझा उम्मेदवार माओवादी केन्द्रकी रेनु दाहाल मेयरमा र काङग्रेसका चित्रसेन अधिकारी उपमेयरमा निर्वाचित भएका छन । मेयर दाहाल दोस्रो कार्यकालको लागि निर्वाचित हुनुभएको हो । दाहाल ५२ हजार ३० मत ल्यायर निर्वाचित हुनुभएको हो ।
उहाँको निकटतम प्रतिस्पर्धि नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले ३९ हजार ५ सय ८१ मत प्राप्त गर्नुभएको छ । मेयरमा दाहाल १२ हजार ४ सय ४९ मतान्तर सहित विजय हुनुभएको हो । उपमेयरमा काङग्रेसका उम्मेदवार चित्रसेन अधिकारी आफ्नो प्रतिस्पर्धि राप्रपाको उम्मेदवार हिमला गुरुङसँग २२ हजार १ सय ९१ मतान्तरले विजयी हुनुभएको हो । उपमेयरमा अधिकारीले ५२ हजार ८ सय ३ मत प्राप्त गर्नुभएको छ भने उहाँका निकटतम प्रतिस्पर्धी गुरुङले ३० हजार ६ सय १२ मत ल्याउनु भएको छ ।
भरतपुर महानगरको अन्तिम मतपरिणम आएसँगै काङग्रेस पहिलो पाटी बनेको छ । काङग्रेसबाट ७८ जना जनप्रतिनिधि निर्वाचित भएका छन । १ उपमेयर १६ वटा वडाअध्यक्ष , ६१ सदस्य गरी ७८ जना निर्वाचित भएका हुन । काङग्रेसबाट भरतपुरको वडा नं. १, २, ४, ५, ६, ८, १०, १४ , १५, १६, १७, २०, २१, २३, २७, २९ मा वडाअध्यक्ष निर्वाचित भएका छन । यसअघि २०७४ सालमा भएको निर्वाचनमा काङग्रेसबाट ७० जना जनप्रतिनिधि निर्वाचित भएका थिए । अघिल्लो पटक भन्दा यसपटक महानगरमा काङग्रेसका ८ जना बढी निर्वाचित भएका छन ।
त्यस्तै महानगरमा एमाले दोस्रो शक्ति बनेको छ । एमालेबाट महानगरमा ५० जना जनप्रतिनिधि निर्वाचित भएका छन । ६ वडाअध्यक्ष र ४४ सदस्य गरी ५० जना निर्वाचित भएका हुन । एमालेले वडा नं. ३, ११, १२, १९, १८, २८ मा अध्यक्ष जितेको छ । यसअघि २०७४ सालमा भएको निर्वाचनमा एमालेबाट १३ वडाअध्यक्ष र ५६ सदस्य गरी ६९ जना निर्वाचित भएका थिय । अघिल्लो पटक भन्दा यसपटक महानगरमा एमालेको १३ प्रतिनिधि कम भएको छ ।
महानगरको तेस्रो शक्ति नेकपा माओवादी केन्द्र बनेको छ । माओवादीबाट १ मेयर ३ वडाअध्यक्ष र ६ सदस्य गरी १० जना निर्वाचित भएका छन । माओवादीले १३ २४ र २६ नं. मा वडाअध्यक्ष जितेको छ । २०७४ सालमा पनि मेयर जितेको माओवादी वडा तहमा कमजोर नै थियो । यसअघि ०७४ माओवादीले १ मेयर ३ वडाअध्यक्ष र ४ वटा सदस्य जितेको थियो ।
यस्तै भरतपुर महानगरमा नेकपा एकिकृत समाजवादी चौथो शक्ति भएको छ । एमालेबाट फुटेपछि पहिलो निर्वाचनमा भाग लिएको नेकपा एसले भरतपुरमा ३ वटा वडाअध्यक्ष र २ सदस्य गरी ५ जना जनप्रतिनिधि हात पारेको छ । एसले भरतपुरको ७,९,२२ र नं. वडामा वडाअध्य जितेको छ ।
अघिल्लोपटक महानगरमा शुन्य रहेको राप्रपाले भने यसपटक ३ सदस्य जितेको छ । भरतपुरको वडा नं २५ मा स्वतन्त्रबाट वडाअध्यक्ष निर्वाचीत भएका छन ।








































प्रतिकृया दिनुहोस्