सपथ ग्रहण गरेको दिनबाटै वीरगञ्जका मेयर राजेशमान सिंह एक्सनमा उत्रिएका छन् । भोट माग्दा स्थानीयसँग गरेको वाचा बमोजिम उनले वीरगञ्जको घण्टाघरदेखि माइस्थानसम्मको सडक मर्मत गर्ने काम सुरु गरेर एक्सनमा उत्रिएका हुन् ।
पदभार ग्रहण गर्दै उनले पहिलो निर्णयबाटै वर्षौँदेखि जीर्ण रहेको यो सडक मर्मतको काम सुरु गराएका हुन् । मर्मत गर्ने निर्णय गरेसँगै बिहीबार रातिबाटै मर्मतको काम धमाधम भइरहेको छ ।
![]()
७ दिनभित्र काम सकिने गरी मर्मतको काम अघि बढेको महानगरले जनाएको छ । यसपछि वीरगञ्जको पावरहाउस क्षेत्रमा जीर्ण बनेको मुख्य सडक निर्माणको काम हुने छ ।
वर्षौँदेखि मर्मत सम्भार नहुँदा सास्ती खेपीरहेका नगरबासीलाई परिवर्तनको प्रत्याभुती दिलाउन मुख्य सडक मर्मतको काम अगाडी बढाएका हुन् ।
यसअघिका मेयर विजयकुमार सरावगीले सडक आफ क्षेत्राधिकार भित्र नपर्ने भन्दै मर्मत नगरिदिँदा नगरवासीले हैरानी खेप्न परेको थियो ।
![]()
सपथ लिएकै दिन नवनिर्वाचित मेयर सिंहले बाटो मर्मतको काम अघि बढाएर नगरवासीको विश्वास र भरोसालाई कायम राखेको स्थानीय बताउँछन् ।








































प्रतिकृया दिनुहोस्